१) परापूर्व कालदेखि नै शासनको अभ्यास र चर्चा – परिचर्चा हुँदै आएको देखिन्छ ।
२) १८ औं शताब्दीसम्म शासनको गैरलोकतान्त्रिक अवशारणा प्रचलित थियो ।
३) परम्परागत रुपमा शासन भन्नाले नियन्त्रणमा राख्नु, निर्देशित गर्नु, हैकम चलाउनु, नागरिकलाई आफूप्रति बफादार तुल्यउनु भन्ने बुझिन्थ्यो ।
४) नागरिक अधिकार र नागरिक मुखी सेवा प्रवाहरको अपेक्षा नै गरिदैनथ्यो ।
५) निजी, गैरसरकारी तथा सामुदायीक क्षेत्रसंगको सहकार्य र विश्व शासनको अवधारणा विकास भइसकेको थिएन ।
६) सार्वभौमसत्ता र राजकीय सत्ता शासकमा रहन्थ्यो भने शासन प्रणाली प्राय निरंकुश हुन्थ्यो ।
७) कानूनको शासन कायम भएको थिएन ।
८) यस अवधारणा बमोजिम शासकद्वारा नागरिकको जीउधनको सुरक्षा, देशको सुरक्षा र नियमन प्रणालिको सञ्चालन गर्ने कार्य नै शासन हो ।
९) यस अवधारणाले सरकारको एकल भूमिका, दण्डात्मक नियन्त्रण र शासकको सर्वोच्चतामा जोड दिन्छ ।
१०) म्याग्ना कार्टा १२१५, विल अफ राइट्स १६८९, अमेरीकी स्वतन्त्रता संग्राम, फ्रान्सेली राज्यक्रान्ती लगायत घटना सन्दर्भले शासनलाई आधुनिकता तर्फ अग्रसर तुल्याएको देखिन्छ ।