क) २००७ साल अघि भएका प्रयासहरुः
- लिच्छवी र मल्ल कालमा शासकीय संस्थाहरुको स्थापना र सामाजिक रितिस्थिति बसाल्ने काम भयो ।
- पृथ्वी नारायण शाहले नेपाल राज्य एकीकरण शुरु गरे
- राणा कालमा शासन प्रणालीको केन्द्रीकरण र एकीकृत प्रशासनिक प्रणालीको जग निर्माण गरियो ।
ख) २००७ साल देखी २०४६ सालसम्म भएका प्रयासहरुः - २००७ देखी संविधान बमोजिम शासन सञ्चालन गर्ने पद्धतिको सुरुवात
- २०१२ सालमा प्रहरी ऐन, नागरिक ऐन जस्ता कानुन जारी गरियो,
- प्रशासन सुधार मार्फत २०१३ सालमा निजामती सेवाको सुदृढ जग बसालियो,
- २०१३ साल देखी योजनाबद्ध विकास प्रणालीको सुरुवात भयो,
- २०१८ सालमा नेपाललाई १४ अञ्चल, ७५ जिल्लामा बाँडी प्रशासनिक विकेन्द्रिकरण गरियो ।
ग) २०४७ देखी हालसम्मका प्रयासहरुः - २०४६ सालको परिवर्तनपछि लोकतान्त्रिक व्यवस्थाको प्रवर्द्धनमा जोड दिइयो,
- २०६२/६३ पछि द्वन्द्ध व्यवस्थापन र शान्ति निर्माण प्रक्रिया अगाडी बढाइयो,
- २०७२ सालदेशी संघात्मक शासन प्रणालीको अवलम्बन गरियो ।
- संविधानको प्रस्तावनाले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, राष्ट्रिय एकता जस्ता तत्वलाई आत्मसात गरेको,
- चालु १५औं आवधिक योजनाले समृद्ध नेपाल र सुखी नेपालीको दीर्घकालीन सोच सहित विकासको खाका प्रस्तुत गरेको,
- प्रशासनिक सुधार र सुशासन प्रवर्द्धनलाई अगाडी बढाइएको,
- दिगो विकासका लक्ष्यलाई मूल प्रवाहीकरण गरिएको
- समावेसी, सहभागितामुलक र न्यायपूर्ण विकास पद्धति अवलम्बन गरिएको ।